भारतीय विश्लेषक योगेन्द्र यादव भन्छन्ः बंगलादेशसँग होइन, नेपालसँग चिन्तित हुनुपर्छ

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : भारतका चर्चित राजनीतिक विश्लेषक योगेन्द्र यादवले नेपालसँगको खुला सीमाले भारतमा विदेशी नागरिकको समस्या निम्त्याएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बीबीसी हिन्दीसँगको कुराकानीमा उनले बिहारको सीमाञ्चल क्षेत्रमा देखिएको मतदाता सूची विवाद र नेपालसँगको सांस्कृतिक सम्बन्धले ल्याएको जटिलताबारे बोलेका हुन्। नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यमा विधानसभा निर्वाचन यही अक्टोबर–नोभेम्बरमा हुँदैछ। त्यसअघि उनको यस्तो बयान आएको हो।

बिहारमा विपक्षी दलले सत्तारुढ दलले मुस्लिम र यादव समुदायलाई मतदाता सूचीबाट हटाउन खोजेको आरोप लगाउँदै आएका छन्। अररिया र किशनगञ्जमा जनसंख्याभन्दा बढी (१०३–१०५ प्रतिशत) आवेदन आएको दाबी गरिएको छ, जसले विदेशी नागरिकको प्रश्न उठाएको छ। तर यादवले निर्वाचन आयोगको आदेश कुनै जाति वा समुदायविरोधी नभएको स्पष्ट पारेका छन्।

उनले भने, ‘यो आदेश महिला, गरिब र अशिक्षितविरोधी छ। महिलामाथि दोहोरो बोझ थोपरिएको छ, किनभने उनीहरूलाई म्याट्रिक प्रमाणपत्र र २००३ को मतदाता सूचीबाट अभिभावकको नाम ल्याउन भनिएको छ, जुन धेरैका लागि सम्भव छैन।’ उनले थपे, ‘यो आदेश आप्रवासविरोधी पनि छ, तर मुस्लिम वा यादवलाई लक्षित गरेको होइन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार