वडा अध्यक्ष रिमालको निधन

२०८२ श्रावण १९, सोमबार

नुवाकोट : तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा रिमालको निधन भएको हो । गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष रिमालले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने जनाएको छ। गाउँपालिकाले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा दिइएको छ। साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

526110064_1275498017618434_1548170482935365481_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार