स्थानीय तहको सरकारले नागरिकको जीवन सरल र सहज बनाउने काम गर्नुपर्छ : पूर्ण बस्नेत

२०८२ भाद्र १, आईतवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले काठमाण्डौ महानगरपालिकाको आतङ्क बन्द हुनुपर्ने बताएका छन् ।

वैकल्पिक व्यवस्था नगरी स्थानीय र गरिव जनतालाई आतङ्कित पार्ने काममा काठमाण्डौ महानगरपालिका अग्रणी भएको भन्दै उनले जनतामाथि भइरहेको ज्यादती यथाशीघ्र बन्द हुनुपर्ने बताएका हुन् । बस्नेतले भने, ‘काठमाण्डौ महानगरपालिका नागरिकका आधारभूत आवश्यकता खोस्ने स्थानीय सरकार बनेको छ ।

नागरिकको जीवनभन्दा सहरको सुन्दरता ठूलो र महत्वपूर्ण कदापी हुन सक्दैन । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार स्थानीय र गरिव जनताको उठिबास गराउने होइन ।’ उनले सबैभन्दा कमजोर वर्ग राज्यबाटै प्रताडीत भइरहेका घटना राजधानीमा पटकपटक पटक दोहोरिरहनु दुखद् भएको बताएका छन् ।

सुकुम्बासी बस्तीमा डोजर लगाउने, कवाड र फुटपाथ व्यवसायीमाथि धरपकड र लछारपछार पार्ने काम काठमाण्डौ महानगरपालिकाको प्राथमिकतामा पर्ने गरेको भन्दै स्थानीय तहको सरकारले जनताको जीवन सरल र सहज बनाउने काम गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार