ईश्वरी न्यौपानेले दिइन् संसदीय सुनुवाइ समिति सभापति राजीनामा

२०८२ भाद्र १०, मंगलवार

काठमाडौँ : संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिनु अगाडि उनले सभामुखसमक्ष सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् ।

सुनुवाइ समितिको सभापतिबाट दिएको राजीनामा स्वीकृत भएपछि राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिने तयारी न्यौपानेको छ ।

राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिने समय दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय भएको छ ।

निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार