मैले सुरु गरेको उखुको अनुदान सरकारले खोस्यो : माधव नेपाल

२०८२ भाद्र १०, मंगलवार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले उखु किसानको अनुदान रकम कटौती गरेकोमा आपत्ति जनाउँदै आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्।

सरकारले अनुदान रकम आधा घटाएपछि विगत तीन दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका किसानहरूलाई भेट्न पुगेका उनले किसानको माग जायज भएको बताए। आन्दोलनरत किसानहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा किसानलाई राहत दिन सुरु गरिएको अनुदानको व्यवस्थालाई वर्तमान सरकारले भत्काएको आरोप लगाए।

‘आज तीजको दिन पनि तपाईंहरू यहाँ आन्दोलनमा हुनुहुन्छ। तपाईंहरूको जायज मागमा ऐक्यबद्धता जनाउन म यहाँ आएको हुँ,’ उनले भने, ‘म प्रधानमन्त्री भएको बेला चिनीमा लाग्ने भ्याटको ५० प्रतिशत रकम किसानलाई अनुदानको रुपमा फिर्ता दिने व्यवस्था मैले नै सुरु गरेको हुँ।’

उनले किसानको जीवनस्तर उकास्न, कृषि उत्पादन बढाउन र युवा पलायन रोक्न राज्यले किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै स्थापित अनुदान कटौती गर्नु दुर्भाग्यपूर्ण भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार