अवरुद्ध बीपी राजमार्ग खुल्यो

२०८२ भाद्र १२, बिहीबार

काठमाडौं : रातिदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध भएको बीपी राजमार्ग केही बेरअघि सञ्चालनमा आएको छ ।

रोशी गाउँपालिका– ९ स्थित बिरुवा डाँडा र वडा नम्बर ११ स्थित पिपलबोटमा बिहान साढे ४ बजे लेदोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरी केही बेरअघि मात्र राजमार्ग खुलाएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार