महाेत्तरी : महोत्तरीको बर्दिवासका एक बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक घर नफर्किएपछि अभिभावक चिन्तामा छन्।
बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै आएका स्थानीय १३ वर्षीय गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर विद्यालय गएका थिए। उनी अहिलेसम्म घरफर्केर नआएको उनका काका प्रमोद पासवानले बताए।
गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन्। निवेदन पाएपछि प्रहरी बालककाे खाेजीमा सक्रिय भएको छ।





