दुर्गा प्रसाईं पनि जेनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् ।

जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त अभियानमा साथ रहने घोषणा गरेका हुन् । आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद समेत दिएका छन् ।

‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछ । गत चैत १५ जस्तो सरकारले दमन नगरोस्’, प्रसाईंले लेखेका छन् ।

viber_image_2025-09-07_14-05-13-094

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार