एमाले जबजकै मार्गनिर्देशनमा अघि बढेको छ : शंकर पोखरेल

२०८२ भाद्र २२, आईतवार

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्गनिर्देशनमा नै अघि बढिरहेको बताएका छन् ।

पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए ।

केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘पार्टी दृष्टिकोणमा अन्यौल भएर प्रचार गरिएकोमा उनले यस्तो काम नगर्न, सो सम्बन्धि अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरुलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उनले आग्रह गरेका छन्,’ पोखरेलको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘त्यसपछि जबज छोडयो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरूमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौं ।’

महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दाबी पनि गरेको गौतमले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार