भ्रष्टाचार जरैदेखि उखेलेर फाल्नु सबैको कर्तव्य हो : दुर्गा प्रसाईं

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु सबैको कर्तव्य हुने बताएका छन् ।

जेनजी पुस्ताका युवाहरूसँग आफ्नै निवासमा आइतबार भेट गर्दै प्रसाईंले यस्तो बताएका हुन् । त्यसक्रममा उनले आन्दोलन उमेरको विषय नभएको समेत बताए । ‘भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो,’प्रसाईंले भने ।

जेनजी पुस्ताले साेमबार काठमाडाैँकाे मातइतीघरमा भ्रष्टाचार लगायतविरूद्ध आन्दाेलन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार