जेन-जीलाई वार्तामा आउन राष्ट्रपतिको अपिल

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग अपिल गरेका हुन् ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन-जीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार