वीरगन्जको गल्ली गल्लीमा सेना

२०८२ भाद्र २५, बुधबार

वीरगन्ज : वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ भएका छन् । मुख्य सडक तथा अन्य गलीहरुमा ब्यापक संख्यामा सेनासहितको सुरक्षा फौज परिचालित छन् ।

हिडडुल गरिरहेका सर्वसाधारण तथा पसलेहरुलाई आवतजावत नगर्न सुरक्षा फौजले आग्रह गरिरहेको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले अनुरोध गरेको छ ।

अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल स्थानीय सुरक्षा फौजलाई खबर नेपाली सेनाले पुनः आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार