काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

२०८२ भाद्र २५, बुधबार

काठमाडौं : जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ। विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो।

काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ। विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ।

सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौंको आकाश प्रदुषित वायुले ढाकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार