काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई नयाँ प्रधानमन्त्रीको रुपमा दाबी गरेका छन् ।
तर, जेनजीबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि आएपछि उनले असन्तुष्टि जनाएका छन् । उनले बुधबार राति फेसबुकमार्फत भनेका छन्, ‘सुशीला कार्कीज्यूलाई बालेन र मैले कहाँ समर्थन जनायौँ ? यो सब गलत हो !’






