प्रतिनिधि सभा विघटनसँगै रुपन्देहीको चुनाव रद्द

२०८२ भाद्र २८, शनिबार

काठमाडौं : प्रतिनिधि सभाको विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार साविकको प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको भएकाले विघटनसँगै सबै कार्यक्रम रद्द भएको हो।

आउँदो कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन तोकिएको थियो। राप्रपाका सांसद दीपक बोहराको निधनपछि उक्त स्थान रिक्त थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार