धनगढीमा बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

२०८२ आश्विन १८, शनिबार

सुदूरपश्चिम : धनगढीबाट पोखराका लागि छुटेको बा२ख १९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो । बसमा सवार सबै १२ जना घाइते भएका छन् ।

उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार