काठमाडौँ : बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा खोलामा एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा करिब १७ वर्षीय विक्की गोसाईं रहेका छन् । टिकटक बनाउन भन्दै खोलामा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार खोलामा दुई जना हाम फालेका थिए । ती मध्ये एक युवक बेपत्ता भएका हुन् ।





