सरकारको सावधानीले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ

२०८२ आश्विन १९, आईतवार

काठमाडौँ : सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् ।

उनले इलाममा पहिरो गएर मानवीय क्षति भएको बताए । इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय क्षति भएको मन्त्री घिसिङको भनाइ छ । उनले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गरे ।

‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’,मन्त्री घिसिङ अवरुद्ध सडकहरू तत्कालै खोलिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार