हमासले जीवित छाड्न लागेको सूचीमा छैन विपिन जोशीको नाम

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौँ : युद्धविराम सहमति भएसँगै प्यालेस्टिनी समूह हमासले मुक्त गराउने २० जना युद्धबन्दीको नामावली इजरायललाई बुझाएको छ ।

बिहीबार अमेरिकाले प्रस्ताव गरेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा दुवै पक्षले हस्ताक्षर गरेपछि हमासले जीवित बन्दीहरूको सूची बुझाएको हो । २० जीवित बन्धकहरूलाई एकै समूहमा रिहा गरिनेछ । हमास लडाकुले मुक्त गराउने २० जना जीवित बन्दीको सूचीमा नेपालका विपिन जोशीको नाम भने छैन ।

इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन । सीएनएनले सार्वजनिक गरेको सूचीमा जोशीसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार