मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा

२०८२ कार्तिक १२, बुधबार

काठमाडौँ : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरेका छन्।

एकदुई भित्रै मधेस प्रदेशसभाबाट विश्वासको मत लिने सोनलको तयारी छ। त्यसको लागि जनकपुरमा आज उनले सरकारलाई समर्थन गर्ने गठबन्धन दलको बैठक बोलाएका छन्।

‘म तुरुन्तै विश्वासको मत लिने तयारीमा छु,’ मुख्यमन्त्री सोनलले हाम्रोदेश सँग भने, ‘त्यसको लागि आज दिउँसाे गठबन्धनमा सहभागी दलको बैठक बस्दैछ। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिष्द पनि विस्तार हुनेछ।’ उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा सहभागी सबै दललाई आग्रह गरेको बताए।

‘सबै दललाई विश्वासको मतको लागि आग्रह गरेको छु। कांग्रेस-एमालेलाई पनि मेरो यही आग्रह छ,’ उनले भने, ‘सहकार्य र समन्वयको आधारमा प्रदेशलाई अघि बढाऔँ भन्ने मेरो प्रस्ताव छ। मेरो चाहना, भावना र आग्रह सबै दलसँग यही हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार