काठमाडौं : नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ।
यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मङ्सिर २७ देखि २९ मै हुनेछ।’





