कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ। काठमाडौँको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्क्वैटमा भेला सुरु भएको हो। नेता देवराज चालिसेले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा पार्टी नेतृत्वले अटेर गरेको भन्दै आपत्ति जनाए।

उनले अब दबाबका नयाँ कार्यक्रमसहित आफूहरू प्रस्तुत हुने बताए। नेपाली कांग्रेसमा फागुन २१ अघि कि पछि महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चर्किएको छ। संस्थापन समूह वैशाखमा महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्री गगनकुमार थापासहितका इतर समूहका नेताहरू भने मंसिरमा नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनको तालिका ल्याउनुपर्ने अडानमा छन्।

यस विषयमा थप निर्णय आजको केन्द्रीय समितिले गर्नेछ। यसै विषयमा विवाद हुँदा केन्द्रीय समिति बैठक नै अघि बढ्न सकेको थिएन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ३ दिन पर सारेर आज बैठक आह्वान गरेका छन्।

छलफलमा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, मुक्ता यादव, अजयबाबु शिवाकोटी, नेताहरू गुरु घिमिरे, देवराज चालिसेलगायत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उपस्थित रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार