एमविविएसको प्रवेश परीक्षामा प्रथम हुनेलाई नगदसहित सम्मान

२०८२ कार्तिक २६, बुधबार

मोरङ : यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।

सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गरेका हुन्।

यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज तिम्सिना र श्रृति वर्णवाललाई पनि सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार