ललितपुरमा टिपरको ठक्करले पैदलयात्रीको मृत्यु

२०८२ मंसिर ३, बुधबार

काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीस्थित सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बाग्मती प्रदेश-०१-००४ क १७१४ नम्बरको टिपरले ठक्कर दिएपछि सोही स्थानका ३१ वर्षीय संजिब राना मगर गम्भीर घाइते भएका थिए।

घाइते रानाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार