सिन्धुली : प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ।
शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ। यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको काजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ।





