हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

२०८२ मंसिर २७, शनिबार

मोरङ : हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए ।

आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार