शाखा अधिकृत हुँ भन्ने ‘नक्कली कर्मचारी’ पक्राउ

२०८२ पुष ८, मंगलवार

काठमाडौं : आफूलाई शाखा अधिकृत बताउने ‘नक्कली कर्मचारी’ लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सोमबार (पुस ७) मा ती व्यक्तिलाई पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ललितपुर- १५, थसिखेल घर भइ हाल काठमाडौं- २२, झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठ पक्राउ परेका हुन् । शाखा अधिकृतमा नियक्ति पाएको नक्कली कागजात तयारी गरी फाइदा लिन खोजेको भन्ने सूचनाका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको आचार्यले उल्लेख गरेका छन् ।

उनले सिंहदरबारलगायत अन्य सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेको, आफैँ उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको तथा आर्थिक लाभ लिई विभिन्न व्यक्तिहरूलाई जागिर लगाइदिन्छु भनि झुक्यानमा पार्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार