फागुन २१ मै निर्वाचन हुनुपर्छ : सिके राउत

२०८२ पुष ९, बुधबार

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारको कदमलाई आफूहरूले सकारात्मक रूपमा लिएको र निर्वाचनमा भाग लिने कुरा सुरुवातदेखि नै गर्दै आएको पनि उनले बताएका छन् ।

‘सरकारको कदमलाई सकारात्मक रूपले हेरेको छ । निर्वाचनमा भाग लिने सुरुवातदेखि नै निर्णय गरिसकेका छौँ । फागुन २१ गते निर्वाचन हुनुपर्छ । आन्दोलनको मर्म जुन थियो, त्यसको कदर हुनुपर्छ,’ उनले भने ।

जेन जेड आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताउँदै भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभई समाजमा रहेको त्रासको सामना गर्न सक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने बताए ।

‘नयाँ जनादेश लिनुपर्छ । हामी निर्वाचनको पक्षमा छौँ । मूल रूपमा भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै होइन, समाजमा नै अराजकताको स्थिति छ, त्यसको सामना गर्ने विषयमा सरकारसँग कुरा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार