कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

२०८२ पुष ९, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । सानेपामा जारी बैठकमा समसामयिक राजनीतिक घटना, पार्टीको महाधिवेशनको तयारीलगायत मुख्य एजेन्डा छ ।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म क्रियाशील सदस्यता नै टुंगिएको छैन ।

कार्यतालिका अनुसार काम हुन नसकेपछि महाधिवेशन कार्यतालिका हेरफेर हुन सक्ने जनाइएको छ ।

साथै आजको बैठकमा राष्ट्रियसभा चुनाव र उम्मेदवारको मापदण्डलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार