भूकम्पको धक्का महसुस

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : भारतको गुजरातस्थित कच्छ जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको तथ्याङ्कअनुसार भूकम्प ४.४ रेक्टर स्केलमा मापन गरिएको छ। स्थानीय समयअनुसार बिहान करिब ४:३० बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु कच्छ जिल्लामा २३.६५ उत्तर अक्षांश र ७०.२३ पूर्व देशान्तरमा जमिनमुनि १० किलोमिटर गहिराइमा थियो।

प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म कुनै हताहत वा क्षतिको खबर आएको छैन। बिहान सबेरै गएको भूकम्पले क्षेत्रका केही भागमा त्रास फैलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार