स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ पुष १५, मंगलवार

काठमाडौं : नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट दुम्कीबासतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रङको स्कारपियोले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट स्थानीय ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै ठक्कर दिने स्कारपियो फरार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार