निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई नेता कोइरालाको आग्रह

२०८२ माघ ५, सोमबार

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई संकटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन् ।

नेता कोइरालाले आइतबार आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका हुन् । “मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,” उनले भने, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्ने आवश्यकता छ ।”

नेता डा. कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखेका छन्।  उनले नेता तथा कार्यकर्तालाई  पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे । पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले  आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार