कमल थापाले काठमाडौँ-५ मा गराए उम्मेदवारी दर्ता

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले काठमाडौँ क्षेत्र न ५ मा मनोनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।

थापाले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर काठमाडौँ क्षेत्र न. ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

थापाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपामा समाहित भएपछि काठमाडौँ ५ बाट टिकट पाएका थिए । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ ।आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार