चितवन-३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालले उम्मेदवारी उम्मेदवारी दर्ता गराएकी छन्।

निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् ।

रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । त्यसअघि उनी दोस्रो संविधानसभामा काठमाडौँ क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन् । तर, त्यसबेला उनी पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार