श्रीलङ्का ए नेपालसँग ७ विकेटले पराजित

२०८२ माघ १०, शनिबार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलङ्का ए सँगको तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ ।

शनिवार सम्पन्न अभ्यास खेलमा नेपालले श्रीलङ्का ए टिमलाई ७ विकेटले पराजित गरेको हो । श्रीलङ्का ए ले दिएको १३३ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ४९ रन बनाए भने आरिफ सेखले अविजित २४ र दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १९ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको श्रीलङ्का ए ले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।  नेपालले यस अघिका २ खेलमा लगातार हार बेहोरेर अन्ततस् तेस्रो खेलमा जित हासिल गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार