काठमाडौं : धादिङ-२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरूवाती अग्रता लिएको छ।
उत्तरी धादिङको रूवीभ्याली गाउँपालिकाको गणना सक्दा नेकपामा रामबहादुर भण्डारीले सुरूवाती अग्रता लिएका छन्। उनले ११४४ मत ल्याएका छन्। कांग्रेसका रमेश धमला दोस्रो स्थानमा छन्। उनले १०१४ मत ल्याएका छन्।
राप्रपाका सुरेश रिजाल चौथो स्थानमा छन्। उनले ६०४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ पाँचौं स्थानमा छ।





