काठमाडौंमा वायुको गुणस्तर निकै अस्वस्थको तह नजिक

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं : काठमाडौंमा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन ।

मंगलबार निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तह नजिकै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९६ छ । २०० पुगे निकै अस्वस्थ मानिन्छ । १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये  चौथो स्थानमा रहेको छ ।

पहिलो स्थानमा भारतको दिल्ली, दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् । प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार