टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक

२०८२ चैत्र ४, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ ।

सूचनामा भनिएको छ,’उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ ।’

निर्माण अवधिसम्म सो स्थानमा कुनै पनि कार्यक्रम गर्न नपाइने भएपछि महानगरले सरोकारवालाहरूलाई अन्य विकल्प खोज्न आग्रह गरेको छ ।

649566155_1288654099778981_1813691887830178552_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार