तनहुँमा मालबाहक ट्रक दुर्घटना

२०८२ चैत्र ५, बिहीबार

काठमाडौँ : तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै पृथ्वी राजमार्गमा अनियन्त्रित भई ट्रक दुर्घटना भएको छ।

आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न. को मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका छन्। उनिहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार