डर र अनिश्चय बीच नेतृत्व सम्हालेकी थिएँ : प्रधानमन्त्री

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा डर र अनिश्चय बीच सत्ता सम्हालेको स्मरण गरेकी छन् ।

उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरूलाई सम्झिँदै भनेकी छन्, ‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ । म सम्झिरहेको छु- ती कलिला बालबालिका जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो, ती ऊर्जावान किशोर किशोरी जसले आजीवन अपंगता व्यहोर्नुपर्‍यो, जसले परिवार जसले सपना र साहरा गुमाउनुपर्यो ।’

उनले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई एक्लो महसुस नगर्न भन्दै ढाडस पनि दिएकी छन् ।

‘सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुनी दिने सम्पूर्ण सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना,’ उनले भनेकी छन्, ‘साहरा गुमाउनु भएका परिवारलाई भन्न चाहन्छु – तपाईंहरू एक्लो हुनुहुन्न । तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यवसायिक प्रतिष्ठान र निजी सम्पतीमा पनि क्षति पुगेकोमा गहिरो दु:ख व्यक्त गर्दछु ।’

उनले थपेकी छन्, ‘हामी फेरि उठ्नेछौं भन्दै एक जुट हुन सबैलाई आह्वान गर्दछु । भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश संकटमा रहँदा आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार