संसदीय दलको नेता बन्न खुट्टा कमाउँदिनँ : नेम्वाङ

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं : नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको शपथका लागि सिंहदरबार पुगेका नेम्वाङले संसदीय दलको नेताबारे अब पार्टीले अगाडि बढाए आफू तयार हुने बताए । ‘पार्टीले मलाई अगाडि बढ् भन्दा मैले खुट्टा कमाउँदिनँ,’ उनले भने । पार्टीभित्र यसबारेमा छलफल हुन बाँकी रहेको नेम्वाङले बताए ।

‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन,’ उनले भने, ‘सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ । त्यो उहाँहरूको शुभेच्छा हो, म त्योप्रति सम्मान गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार