कांग्रेसमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी

२०८२ चैत्र १८, बुधबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी कार्यालयमा बसेको बैठकले अनुशासन उल्लंघन गर्नेहरूमाथि छानबिन अघि बढाउँदै सफाइ पेस गर्न निर्देशन दिएको हो।

बैठकपछि समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्ला र उम्मेदवारहरूबाट हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेको छ। प्राप्त उजुरीहरूलाई समितिले पाँच फरक प्रकृतिका कसुरमा वर्गीकरण गर्दै अविलम्ब टुंगोमा पुर्‍याउने निर्णय गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार