केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

२०८२ चैत्र १९, बिहीबार

काठमाडौं : प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका हुन् ।

पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको हो । ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार