सिन्धुलीमा बस र माइक्रोबस ठोकिँदा ९ जना घाइते

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौँ : सिन्धुलीमा आज बिहान भएको सवारी दुर्घटनामा नौजना घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आज बिहान बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका ५ साइटारमा बस र हायस गाडी आपसमा ठोक्किएका हुन्।

काठमाडौँबाट काँकडभिटातर्फ जाँदै गरेको ललितपुर महानगरपालिका १५ निवासी ३८ वर्षीय गज बहादुर मगरले चलाएको बा.४ ख ५०५२ नम्बरको हायस गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको दोलखाको बैतेश्वर गाउँपालिका-६ का २६ वर्षीय सुमन सुबेदीले चलाएको बागमती प्रदेश ०१-००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा हायस चालक मगर, काभ्रेको मन्दनदेउपुर नगरपालिका-९ बस्ने ३० वर्षीया अनिता न्यौपाने, ठेगाना नखुलेका करिब ३२ वर्षीय प्रबिन तिवारी, झापाको झिलिमिले नगरपालिका-८ निवासी ९ वर्षीय संस्कृती यादब, सोही ठाउँकी ३२ वर्षीया कल्पना राई, झापाकै मेची नगर नगरपालिका-१३ बस्ने ३८ वर्षीय अमेश खड्का, झापाकै भद्रपुर नगरपालिका-१ बस्ने २२ वर्षीय अमृत राना मगर र झापाकै कचनकबल गाउँपालिका-७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल घाइते भएका छन्।

उनीहरुमध्ये हायस चालक मगर, अनिता न्यापाने र प्रशान्त केसीलाई थप उपचारको लागि धुलिखेल ल्याइएको छ।

बाँकी घाइतेको आत्मिय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार