आईपीएलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हरायो

२०८२ चैत्र ३०, सोमबार

काठमाडौं : रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ ।

आइतबार राति सम्पन्न ‘हाई स्कोरिङ’ खेलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हराएको हो । बेंगलुरुले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनायो । मुम्बईका लागि शेरफन रदरफोर्डले ३१ बलमा सर्वाधिक ७१ रन बनाएपनि जित दिलाउन सकेनन् ।

कप्तान हार्दिक पान्ड्याले ४० तथा रायन रिकेल्टनले ३७ अनि सूर्यकुमार यादवले ३३ रन बनाए । बेंगलुरुका सुयाश शर्माले २ विकेट लिए भने ज्याकब डफी, रसिख सलाम र क्रुनाल पान्ड्याले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ४ विकेट गुमाएर २४० रन बनाएको थियो । शीर्ष ३ ब्याटरले नै अर्धशतक प्रहार गरे ।

फिल साल्टले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७८ रन बनाए । कप्तान रजत पाटिदारले २० बलमा ४ चौका र ५ छक्कासहित ५३ रन बनाए । विराट कोहलीले ५० रन बनाए । टिम डेभिडले १६ बलमा ३४ रनका साथ फिनिसिङ गरे । मुम्बईका लागि ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या, मिचेल सान्टनर र शार्दुल ठाकुरले १-१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार