गुल्मीमा जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

२०८३ बैशाख ४, शुक्रबार

गुल्मी : सत्यवती गाउँपालिका-४ नदेवा क्षेत्रमा जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

यही वैशाख १ गते साँझ करिब ५ बजेतिर ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी भएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरी नायव निरीक्षक नरेद्रबहादुर विकको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्न २३ वर्षीय आशिष ज्ञवालीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ज्ञवालीलाई सोही दिन राति जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको थियो ।

पीडितको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परीक्षण गराइएको छ । पीडितबाट जाहेरी प्राप्त भइसकेको र आरोपितलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार