विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्दै

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ३७ रनले पराजित गरेको थियो । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।

लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार