काठमाडौंको वंशीघाट बस्तीमा चल्यो डोजर

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरूमा डोजर चलेको छ । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो ।

घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्‍याइएको थियो । आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार