नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

२०८३ बैशाख २२, मंगलवार

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलिका लागि आह्वान गरिएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चुनिएसँगै विपक्षी दल कांग्रेस सक्रिय बनेको छ ।

सरकारका पछिल्ला कामहरू सुकुम्वासी बस्ती हटाउने, अध्यादेश जारी गर्ने, भारत र चीनबीच सहमति भएसँगै कैलाश मानसरोवर जानका लागि नेपाली भूमि प्रयोग भएको विषयमाथि कांग्रेसले विरोध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार