इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं : च्याम्पियन आर्सनलले सिजनको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेसमाथि २–१ को रोमञ्चक जित दर्ता गरेको छ ।

आइतबार सेलहस्र्ट पार्कमा पाहुना टोली आर्सनलाई जित दिलाउन गाब्रियल जिसस र नोनी माडुकेले समान एक गोल गरे । जिन फिलिपे माटेटाले गरेको गोल प्यालेसका लागि सान्त्वना बन्यो । खेलको ४१औँ मिनेटमा जिससको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ६ मिनेटपछि नै माडुकेले टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा माटेटाले गोल गर्दै प्यालेसलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन । जितसँगै आर्सनलले ३८ खेलमा ८५ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार